ट्रकको ठक्करबाट काठमाडौँमा बालकको मृत्यु

  |   प्रकाशित :

काठमाडौँ । गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो ।

गोकर्ण्स्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले ट्रकले किचेका बालक अरमानको घटनास्थलमा मृत्यु भएको जानकारी दिए। उक्त ट्रकका चालक कृपाजित राई र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech