मनाङमा जीप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

  |   प्रकाशित :

काठमाडौं । मनाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ङिस्याङ गाउँपालिका २, घ्यारुबाट सदरमुकाम चामे आउँदै गरेको ग १ ज ७२७८ नं।को जीप घ्यारुमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक मकवानपुरका २२ वर्षिय बिशाल तामाङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ५० मिटर तल खसेको छ । बिहान साढे ९ बजेको समयमा उक्त जीप दुर्घटना भएको हो । जीपमा ५ जना यात्रु रहेको र उनीहरु गाडीबाट झरेपछि चालकले गाडी फर्काउँदा दुर्घटना भएको बुझिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech