६४ थान मोबाइल सहित युवक पक्राउ

  |   प्रकाशित :

काठमाडौं । प्रहरीले विभिन्न ६४ थान कम्पनीका मोबाइल चोर्ने एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शंखरापुर नगरपालिका ६ सलमपुटार बस्ने अशोक विष्ट रहेका छन् । उनलाई चोरी गरेका विभिन्न कम्पनीका मोबाइल सहित ५ असोजको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरमा विभिन्न कम्पनीका मोबाइलहरू लुकाई राखेको सूचनाको आधारमा महानगरीय प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त मोबाइल सहित पक्राउ गरेको जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech