बसले ठक्कर दिँदा साइकलयात्रीको ज्यान गयो 

  |   प्रकाशित :

काठमाडौं । बुधबार बिहानै त्रिपुरेश्वरबाट कालीमाटी जाँदै गरेको बा ५ ख ७३९१ नम्बरको बसले ठक्कर दिँदा साईकलयात्रीको ज्यान गएको छ । 

सो बसले साइकलयात्री पर्सा ब्रम्हपुर नगरपालिका–३ का ३५ वर्षका भिम लामालाई भोटेबहालमा ठक्कर दिएको होे । 

लामालाई उपचारका लागि वीर अस्पताल पु-याइएपनि उनको अस्पतालमा नै मृत्यु भएको हो ।

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech