भारतद्वारा कुलेश्वर आवास माध्यमिक विद्यालयको भवनको उद्घाटन सम्पन्न

  |   प्रकाशित :

 काठमाडौं । काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख श्री डा. अजय कुमारले आज कुलेश्वर आवास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । 

सन् १९८९ मा कुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको यस कुलेश्वर आवास माध्यमिक विद्यालय सामुदायको सहयोगबाट सञ्चालित छ । हाल यस विद्यालयमा ८०० भन्दा बढी विद्यार्थीहरु अध्ययारत छन् जसमध्ये ५० प्रतिशत छात्रा रहेका छन् । 

भारत सरकारको ने.रु. ३.८६ करोड अनुदान सहयोगमा निर्मित यस तीन तल्ले नयाँ विद्यालय भवनमा २० वटा कक्षा कोठा रहेको छ । यस विद्यालय निर्माणको परियोजनालाई काठमाडौं जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको हो ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ । 

उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष श्री शिव सुन्दरराज वैद्य, वडा अध्यक्ष श्रीमती शोभा सापकोटा तथा जिल्ला समन्वय अधिकृत श्री पीताम्बर अधिकारी लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech