राष्ट्रियसभाका अध्यक्षमा तिमिल्सिनाको मात्रै उम्मेदवारी

रासस प्रकाशित: २०७४-११-२८ गते | 1188 पटक हेरिएको
राष्ट्रियसभाका अध्यक्षमा तिमिल्सिनाको मात्रै उम्मेदवारी

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्षमा नेकपा (एमाले)का गणेशप्रसाद तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको छ । 

संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार राष्ट्रियसभा अध्यक्ष पदको मनोनयका लागि तोकिएको समयावधिभित्र तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको हो । 

एमालेका पोलिटब्यूरो सदस्य एवं प्रदेश नं ४ का सहसंयोजकसमेत रहनुभएका तिमिल्सिनाको प्रस्तावकमा एमालेकै खिमलाल भट्टराई र समर्थकमा नेकपा (माओवादी केन्द्र) का दीनानाथ शर्मा तथा एमालेका सुमनराज प्याकुरेल हुनुहुन्छ । 

राष्ट्रियसभाको बैठक यही फागुन ३० गते अपराह्न १३ः०० बजे बस्ने कार्यक्रम छ । 

तिमिल्सिनाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । प्रवक्ता डा गौतमका अनुसार फागुन ३० गते हुने राष्ट्रियसभाको बैठकमा उहाँलाई अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरिनेछ । 

प्रतिनिधिसभाका सभामुखमा (माओवादी केन्द्र)का तर्फबाट कृष्णबहादुर महरा यही फागुन २६ गते शनिबार निर्वाचित भइसक्नुभएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको उपसभामुख पदमा आगामी चैत २ गते निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । 

यसअघि एमालेका शीर्ष नेताको बैठकले तिमिल्सिनालाई राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । 

पर्वत– आज राष्ट्रियसभाका अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका गणेश तिमिल्सिना पर्वतको मोदी गाउँपालिकाका बासिन्दा हुनुहुन्छ । 

पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रविणता तहमा अध्ययन गर्दै गर्दा विसं २०३६ मा विद्यार्थी राजनीतिमा होमिनुभएका तिमिल्सिना पर्वतको मोदी गाउँपालिका–७ मा विसं २०१८ जेठ १२ गते जन्मिनुभएको हो । 

गाउँकै पशुपति उच्च माविबाट एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएको तिमिल्सिना विद्यार्थी जीवनदैखि नै प्रगतिवादी सोचका साथ विसं २०३६ मा नेकपा (माले)को रेडगार्डको सचिवसमेत हुनुभएको थियो । विसं २०३७ मा अनेरास्ववियुको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा निर्वाचित तिमिल्सिनाले विसं २०४० मा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गर्नुभएको थियो । 

पार्टी राजनीतिको शुरुआतसँगै सक्रिय राजनीतिमा आउनुभएका तिमिल्सिना विसं २०४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव र विसं २०४२ मा अनेरास्ववियुको आठौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य हुनुभयो । तत्कालीन सरकारविरुद्ध विद्रोहको उद्घोष गर्दै विसं २०४२ को बम काण्डपछि तिमिल्सिनाले चार वर्ष जेल जीवन बिताउनुभयो । तत्कालीन सरकारले विसं २०४२ देखि ०४६ सम्म लगातार चार वर्ष तिमिल्सिनालाई पोखरा, भैरहवा, तौलिहवा, वीरगञ्ज, भद्रगोल जेल र नख्खु जेलमा राखेको थियो । 

उहाँसँगै जेलमा कम्युनिष्ट नेता केपी शर्मा ओली र हीतकाजी गुरुङ रहनुभएको थियो । ओली अहिले देशको प्रधानमन्त्री र एमाले अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ । विसं २०४६ मा जेलबाट छुटेका उहाँ प्रजातन्त्र बहालीको आन्दोलनमा पुनःसक्रिय रहनुभयो । विसं २०४६ को जनआन्दोलनमा संयन्त्र सदस्य बनेका उहाँ पुनःपञ्चको निशानामा पर्नुभयो । उहाँलाई तत्कालीन सरकारले पक्राउ गरी ल्याउन टाउकाको मूल्य रु ५० हजार तोकेको थियो । 

अर्ध भूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी उहाँ विसं २०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुनुभयो । दोस्रो बैठकबाट केन्द्रीय आयोजक समिति सदस्य बन्नुभएका तिमिल्सिना केन्द्रीय सदस्य हुँदा प्रधानमन्त्री ओली सोही कमिटीका अध्यक्ष हुनुहुन्थ्यो । विसं २०४७ मा नेकपा माले मुस्ताङका सचिव, ०४८ मा नेकपा एमाले बागलुङका सचिव, विसं २०५४ मा नेपालगञ्जमा सम्पन्न नेकपा एमालेको छैटाँै महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित हुँदै धौलागिरि अञ्चल इञ्चार्जको जिम्मेवारीसमेत उहाँले सम्हालिसक्नुभएको छ । 

विसं २०५९ मा जनकपुरमा सम्पन्न नेकपा (एमाले)को सातौँ महाधिवेशनपछि केन्द्रीय सल्लाहकार समिति सदस्य र विसं २०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका तिमिल्सिना पर्वत जिल्ला संयोजकका रुपमा पार्टीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ पर्वत जिल्लाको पूर्वजिविस सभापति पनि भइसक्नुभएको छ । काठमाडौँमा भएको नवौँ महाधिवेशनपछि पुनःकेन्द्रीय सदस्य हुँदै अहिले उहाँ एमालेको पोलिटब्यूरो सदस्यसमेत रहनुभएको छ ।

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


विदेशबाट हतियार किन्नेबारे विप्लवले विज्ञप्ती निकालेर गरे यस्तो खुलासा !
विदेशबाट हतियार किन्नेबारे विप्लवले विज्ञप्ती निकालेर गरे यस्तो खुलासा !

काठमाडाैं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज एक विज्ञप्ती निकालेर जनआस्था साप्ताहिकमा प्रकाशित समाचार तथ्यहीन र भ्रामक रहेको भन्दै खण्डन गरेको छ ।  पार्टी..

सुदूरपश्चिममा फेरि बल्यो आगो, प्रदेश सभाकै आँगनमा यसकारण जलाइयो टायर
सुदूरपश्चिममा फेरि बल्यो आगो, प्रदेश सभाकै आँगनमा यसकारण जलाइयो टायर

काठमाडौं । प्रदेश संसद समितिले दिएको प्रदेश ७को राजधानी र प्रदेशको नाम तोक्ने सुुझावका विषयले यति बेला चर्चा पाएको छ । प्रदेशको नाम ,सुदुरपश्चिम, राखिएको प्रति समाजिक सञ्जालमा..

क्याम्पस प्रमुखको मनोमानीविरुद्ध नेविसंघ, गरियो तोडफोड र आगजनी
क्याम्पस प्रमुखको मनोमानीविरुद्ध नेविसंघ, गरियो तोडफोड र आगजनी

काठमाडौं । क्याम्पस प्रमुखले मनोमानी गर्न थालेपछि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ खरो रुपमा िवरोधमा उत्रिएको छ । बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख डा. ता..

प्रदेशको नाम 'सुदूरपपश्चिम' राख्न आएको सुझावको चर्को विरोध, के गर्ला प्रदेश ७को कम्युनिष्ट सरकारले?
प्रदेशको नाम 'सुदूरपपश्चिम' राख्न आएको सुझावको चर्को विरोध, के गर्ला प्रदेश ७को कम्युनिष्ट सरकारले?

काठमाडौं । प्रदेश ७ को नाम 'सुदूरपश्चिम' राख्नुपर्ने सुझाव समितिबाट आएपछि उक्त सुझावको चर्को विरोध सुरु भएको छ । प्रदेश ७ को संसदद्धारा गठित विशेष सुझाव समितिले उक्त प..