तरुण दलका महासचिव शाहीसँग कांग्रेस अनुशासन समितिले माग्यो स्पष्टिकरण

  |   प्रकाशित :

काठमाडौँ । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसँग कांग्रेसको केन्द्रीय अनुशासन समितिले लिखित स्पष्टिकरण मागेको छ। 

महासचिव शाहीले पार्टीको विधान विपरित काम गरेको भन्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तमकुमार चापागाई र कोषाध्यक्ष विद्वान गुरुङ्गसहितले अनुशासन समितिमा उजुरी दिएका थिए । शाहीले पार्टीको नीति विपरित अभिव्यक्ति दिएको तथा पार्टीका नेताहरुको मानमर्दन गरेको आरोप छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech