नुवाकोट राजधानी बनाउने ऐतिहासिक, भौगोलिक, रणनीतिक आधार

रासस प्रकाशित: २०७४-११-२८ गते | 568 पटक हेरिएको
नुवाकोट राजधानी बनाउने ऐतिहासिक, भौगोलिक, रणनीतिक आधार

काठमाडौँ। नुवाकोटलाई प्रादेशिक राजधानी बनाउन नुृवाकोटका प्रदेश सदस्य, जिल्ला समन्वय समिति, राजनीतिक दल र पर्यटन व्यवसायी र नागरिक समाजले ऐतिहासिक, भौगोलिक, रणनीतिक र पूर्वाधारका आधार प्रस्तुत गरेका छन् । 

जिसस नुवाकोट र नुवाकोट सरोकार समाजले ‘नुवाकोटको विगत, वर्तमान र भविष्य’शीर्षकमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिहरुले काठमाडौँदेखि नुवाकोट पुग्न हाल तीन वटा डबल लेनका मार्ग कायम रहेको र मध्यपहाडी मार्ग नुवाकोट भएर जाने तथा भविष्यमा सुरुङ मार्ग पनि बन्ने भएकाले छिटो नुवाकोट पुग्न सक्ने देखिएको बताउनुभयो । 

औद्योगिकीकरणका लागि जमीन, विद्युत् र पानी पर्याप्त रहेको नुवाकोट चीन र भारतको पारवहन विन्दु भई रणनीतिक महत्वको स्थान पनि भएको उहाँहरुले बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनाली र हीरानाथ खतिवडा(नुवाकोट)ले प्रदेशका बाँकी १२ जिल्लाबाट नुवाकोट सजिलैसँग पुग्न सकिने र यहाँ प्रशस्त भवन, भवन बनाउन मिल्ने खाली जग्गा तथा समथर फाँट भएको बताउनुभयो । 

प्रदेशसभा सदस्य(काठमाडौँ) नरोत्तम वैद्यले आफूहरु हेटौँडाको पक्षमा नरहेको र पार्टीले पनि आफूहरुलाई स्वविवेक प्रयोग गर्न दिनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता रमेश महतले राजधानीको फोहर राख्ने डम्पिङ साइट हाल नुवाकोटको ओखरपौवामा रहेको तथा खाद्यान्न र तरकारी पनि काठमाडौँ निर्यात भइरहेको बताउँदै उद्योगका लागि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट प्रशस्त विद्युत उत्पादन भइरहेको जानकारी दिनुभयो । 

पर्यटन व्यवसायी सुमन पाण्डेले पर्यटकीय जिल्ला नुवाकोट भारत चीन व्यापारमार्ग पनि भएको बताउनुभयो । सरोकार समाजका अध्यक्ष रामलाल श्रेष्ठले पृथ्वीनारायण शाह र गीर्वाणयुद्धविक्रम शाहका पालामा दुई पटक राजधानी बनिसकेको नुवाकोट अन्य जिल्लाका तुलनामा नुवाकोट कम विकसित भएकाले भविष्यमा विकास गर्नका लागि पनि यसलाई राजधानी बनाउनुपर्ने तर्क दिनुभयो । सो अवसरमा नुवाकोटलाई राजधानी बनाउन सकिने आधारहरु झल्काइएको जिसस नुवाकोटबाट निर्मित वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

अाेलीले चालेकाे कदमप्रति सर्वाेच्चले लगायाे राेक, लाग्याे झन्डै अाधा अर्बकाे घाटा

कांग्रेसले चाल्याे सरकार विरुद्ध यस्ताे ठुलाे चाल, हजाराैँकाे संख्यामा काठमाडाैँ अाेसार्दैछ युवा, गृहमन्त्रीले सुइकाे पाएपछि प्रहरीलार्इ गरे 'एलर्ट'

नेकपा सा‌ंसद भट्टारार्इ मन्त्री बन्न नपाएपछि खाेले अाेली सरकारकाे यस्ताे पाेल, अाेली झनै रिसाए

काठमाडौंवासीले चिनियाँ रेल चढ्ने कुरा सपनाजस्तै होला त ?

विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि आजदेखि एउटै समयमा २–२ खेल, यस्तो छ रहस्य

नेकपाले खुम्च्यायो अनुशासन आयोगको अधिकार

सभामुख महराेले पार्टी छाडेपछि अाेलीलार्इ असली रुप देखाउँदै भने-'कतिपयलाई संघीयता मन परेन', अाेली परे चकित !!!

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा कपिलबस्तु क्षेत्र नं. ३ का सांसद  अभिषेक प्रताप शाहले सरकारले सञ्चार माध्यम र प्रेसमाथि गरेकाे हस्ताक्षेपप्रति अाक्राेशित हुँदै घाे..

यातायात व्यवसायीसँग झुक्यो ओली सरकार, महासेठको मुख्य रोल, अब सिन्डिकेट नहट्ने

काठमाडौं । सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार..

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडा । गुट उपगुटको दलदलमा फसेको प्रतिपक्षी नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएका छन्। उनले सभापति शेरबहादुर देउवाको मन जित्नेगरी पार्टीमा देखि..


विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि आजदेखि एउटै समयमा २–२ खेल, यस्तो छ रहस्य
विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि आजदेखि एउटै समयमा २–२ खेल, यस्तो छ रहस्य

काठमाण्डौ । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजदेखि दैनिक चारवटा खेल हुँदैछन् । यसअघि हरेक दिन तीनवटा खेल खेलाइएको थियो । तर समुहचरणका अन्तिम खेल सुरु भएसँ..

ओली नै माफियाः सडकमा उत्रिए गोविन्द केसी, सरकार पर्यो अप्ठेरोमा
ओली नै माफियाः सडकमा उत्रिए गोविन्द केसी, सरकार पर्यो अप्ठेरोमा

काठमाडौं । डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेता नै मेडिकल माफिया रहेको बताएका छन्। तिनीहरु विरुद्ध आफू सडकमा उत्रिएको उनको भनाई छ। सरकारलाई गलत ट्रयाकमा जान उनी सडकमा व..

यौनकर्मीलार्इ लक्षित गरी सरकारले ल्यायो यस्तो कानून, भदौँबाट लागू हुँदैछ
यौनकर्मीलार्इ लक्षित गरी सरकारले ल्यायो यस्तो कानून, भदौँबाट लागू हुँदैछ

काठमाडौँ । काठमाडौँ लगायत देशका मुख्य सहरमा यौन व्यवसाय मौलाउँदै जाँदा त्यसले सार्वजनिक स्थानमा सामान्य अश्लील हर्कत हुँदै अन्ततस् जोडी यौन क्रिडामा परिणत हुदाँ बाटो हिड्नेहरु..

बेल्जियमको ट्युनिसियाविरुद्ध शानदार जित
बेल्जियमको ट्युनिसियाविरुद्ध शानदार जित

काठमाडौँ  । रुसमा जारी २१ अाैँ स‌ंस्करणकाे विश्वकप समूह चरणको पहिलाे खेलमा बेल्जियमले ट्युनिसियाविरुद्ध शानदार जित हात पारेकाे छ । बेल्जियमले ट्युनिसियालाई ५-२ ले हर..