सी र देउवाबीच भेटवार्ता, २० मिनेट सँगै बिताए

  |   प्रकाशित :

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्ग र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सम्पन्न भएको छ । 

सीले देउवासँग शनिबार साँझ नै भेटवार्ता गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरी सोल्टी होटलमा फर्किएलगत्तै चीनियाँ राष्ट्रपति सी र देउवाबीच भेटवार्ता भएको हो ।

करिब २० मिनेटसम्म लम्बिएको भेटवार्ताका क्रममा नेपालका पूर्वप्रधानमन्त्री देउवाले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) प्रति आफ्नो समर्थन रहेको बताउँदै नेपालमा थप चीनियाँ लगानीको अपेक्षा समेत राखेका थिए । 

सीले पनि देउवासँग नेपाली कांग्रेसले एक चीन नीतिमा गरेको समर्थनप्रति आभार प्रकट गरेका थिए । सीले देउवालाई चीन भ्रमणको निम्तो पनि दिए । 

सीले आज (आइतबार) पनि उच्चस्तरीय भेटवार्ता गर्दैछन् । सीले सत्तारुढ (ने.क.पा.) का दोस्रा बरियताका अध्यक्ष प्रचण्डसँग साढे १० बजे र प्रधानमन्त्री एवं (ने.क.पा.) अध्यक्ष केपी शर्मा ओलीसँग ११ बजे भेट्ने कार्यतालिका राखिएको छ ।

नेपालको दुईदिने भ्रमण सकि सी आजै चीन फर्कनेछन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech