आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती

  |   प्रकाशित :

काठमाडौं । नेपाली संगीत आकाशका स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ८०औं जन्मजयन्ती आज (शनिबार) मनाइँदैछ । 

नारायणगोपालको जन्म वि.सं. १९९६ असोज १८ गते काठमाडौंको किलागलमा भएको थियो । उनले वि.सं. २०१७ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए । 

स्वरसम्राट नारायणगोपालका यति धेरै माया दिइु, 'मलाई नसोध कहाँ दुख्छ घाउ', 'एउटा मान्छेको मायाले', 'अल्झेछ क्यारे पछ्यौरी', 'म त लालीगुराँस भएछु' लगायतका झण्डै पाँच सयवटा कर्णप्रिय गीतहरु रेकर्ड गरिएका छन् । 

नेपाली सांगीतिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै नारायणगोपाललाई  २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल), संवत २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारले सम्मानित गरिएको थियो ।  

नेपाली सुगम संगीतमा अतुलनीय योगदान दिएको नारायणगोपालको वि.सं. २०४७ मंसिर १९ गते वीर अस्पतालमा निधन भएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech