घाइतेका अश्रुमिश्रित खुसी - भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन

अन्नपूर्ण पोष्टबाट प्रकाशित: २०७४-११-२९ गते | 816 पटक हेरिएको
घाइतेका अश्रुमिश्रित खुसी - भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन

काठमाडौं। भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन सोमबार साँझ काठमाडौं मेडिकल कलेजको शड्ढयामा रोइरहेका थिए । २९ वर्षीय उनले दायाँ हातले मोबाइल उठाएर आफू सकुशल भएको जानकारी परिवारलाई दिइरहँदा उनको बायाँ खुट्टाबाट रगत बगिरहेको थियो ।

४४९ नं. को शड्ढयामा हसनको अवस्था देखेपछि डाक्टरहरू उनीतिर दौडिए । युएस बंगला एयरलाइन्सको विमानबाट घुम्न नेपाल आउँदै गरेका उनको केएमसीमै उपचार भइरहेको छ । उनको टाउको, करङ र खुट्टामा चोट लागेको छ । ‘पेटमा पनि समस्या भएझैं लागिरहेको छ,’ उनले भने ।

४३ वर्षीय बंगलादेशी नागरिक अहमद सहरिनको दायाँ कुम जलेको छ । छातीमा समेत चोट लागेकाले उनी कृत्रिम श्वास लिइरहेका छन् । उनीजस्तै घाइते भएका १२ जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नर्भिकमा पाँच, ग्रान्डीमा तीन, ओम र मेडिसिटीमा एक-एक गरी २२ जनाको उपचाररत छन् । उपचाररत सबैको टाउको, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

काठमाडौं मेडिकल कलेजका कार्यकारी प्रमुख डा. दामोदर पोखरेलका अनुसार घाइतेको हड्डी, नशा, टाउकोलगायत अंगमा चोट लागेको छ । विमानस्थलबाट सबैभन्दा नजिक पर्ने भएकाले २५ जनालाई एम्बुलेन्समा काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो । जसमध्ये आठ जनाको बाटोमै मृत्यु भयो । शारीरिक अवस्था हेरेर सम्बन्धित विभागमा उपचार भइरहेको डा. पोखरेलले जानकारी दिए । घाइतेको शरीरको केही भाग जलेको छ । उनीहरूको सिटिस्क्यान गर्नेलगायत परीक्षण भइरहेको छ ।

मेडिकल कलेजमा धर्मेन्द्रसिंह पुजाना, स्वराना, इमराना कविर, पिंकी धामी, सुमिना व्यञ्जनकार, कविर हुसेन, रसिद हसन, रिजाना अब्दुल्ला, डा. इरजाना, एमडी सहिनको उपचार भइरहेको डा. पोखरेलले बताए । अस्पतालमा प्रारम्भिक उपचार गराएपछि किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार र केशव पाण्डेलाई भने अन्यत्र रिफर गरिएको छ ।

सहनै नसकिने पीडा भोग्नुपरे पनि बाँच्न सफल भएकोमा घाइतेहरू खुसी देखिन्छन् । सँगै यात्रा गरेका थुप्रै व्यक्ति गुमेको पीडा पनि उनीहरूको आँखामा प्रस्टै झल्किन्थ्यो ।

कांग्रेसले चाल्याे सरकार विरुद्ध यस्ताे ठुलाे चाल, हजाराैँकाे संख्यामा काठमाडाैँ अाेसार्दैछ युवा, गृहमन्त्रीले सुइकाे पाएपछि प्रहरीलार्इ गरे 'एलर्ट'

नेकपा सा‌ंसद भट्टारार्इ मन्त्री बन्न नपाएपछि खाेले अाेली सरकारकाे यस्ताे पाेल, अाेली झनै रिसाए

काठमाडौंवासीले चिनियाँ रेल चढ्ने कुरा सपनाजस्तै होला त ?

विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि आजदेखि एउटै समयमा २–२ खेल, यस्तो छ रहस्य

नेकपाले खुम्च्यायो अनुशासन आयोगको अधिकार

सभामुख महराेले पार्टी छाडेपछि अाेलीलार्इ असली रुप देखाउँदै भने-'कतिपयलाई संघीयता मन परेन', अाेली परे चकित !!!

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा कपिलबस्तु क्षेत्र नं. ३ का सांसद  अभिषेक प्रताप शाहले सरकारले सञ्चार माध्यम र प्रेसमाथि गरेकाे हस्ताक्षेपप्रति अाक्राेशित हुँदै घाे..

यातायात व्यवसायीसँग झुक्यो ओली सरकार, महासेठको मुख्य रोल, अब सिन्डिकेट नहट्ने

काठमाडौं । सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार..

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडा । गुट उपगुटको दलदलमा फसेको प्रतिपक्षी नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएका छन्। उनले सभापति शेरबहादुर देउवाको मन जित्नेगरी पार्टीमा देखि..


नेकपाले खुम्च्यायो अनुशासन आयोगको अधिकार
नेकपाले खुम्च्यायो अनुशासन आयोगको अधिकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अनुशासन आयोगलगायत स्वायत्त निकायको भूमिका कमजोर बनाएको छ । आयोगहरूको भूमिका खुम्च्याउने गरी एकीकृत पार्टीको विधान तयार भएपछि त्यस विषयलाई..

डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल
डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल

काठमाडौं । पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएको छ । क्यान्सरकै कारण उनको मिर्गौला फेल भएको चिकित्सकले बताएका छन् । पि..

ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी
ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी

काठमाडौं । पछिल्लो समय नेपालको उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको छ । उद्योग विभागका अनुसार हालसम..

नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि
नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ । दुवै अध्..