भारतबाट युवक ल्याएर नेपालमा गोली हानी हत्या

  |   प्रकाशित :

जनकपुर । हत्यारा समूहले भारतबाट युवा ल्याएर रौतहटमा गोली हानी हत्या गरेको छ । 

रौतहटको इशनाथ नगरपालिकामा हत्याराहरुले युवकलाई गोली हानेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हत्या गरिएका युवालाई गोली हान्नेहरुले नै भारतीय नम्बरप्लेटको मोटरसाइकलमा राखेर रौतहट ल्याएका थिए । 

युवकको हत्या गर्नेहरु सोही मोटरसाइकल चढी पुनः भारततर्फ गएको स्थानीयबासीले बताए । हत्या गरिएका युवाको साथबाट परिचय खुल्ने कुनै कागजपत्र नभेटिएको प्रहरीले जानकारी दियो । 

हत्या गरिएका युवा भारतीय वा नेपाली नागरिक भन्ने अझै खुलेको छैन । युवकको हत्यामा प्रयोग गरिएको गोलीको खोका हेर्दा अत्याधुनिक हतियारमा प्रयोग हुने खालको छ । 

प्रहरीले युवकको पहिचान र हत्याराहरु पक्राउ गर्न अनुसन्धान थालेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech