मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु

  |   प्रकाशित :

एजेन्सी । दक्षिणी मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु भएको छ । 

मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको हो । सुरक्षा अधिकारीले मारिने १५ जनामा सुरक्षाकर्मी र हतियारधारी को हुन् भन्ने बारेमा भने केही खुलाएका छैनन् ।

मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो हमला भएको थियो । मङ्गलबार अपरान्ह ५ बजे सो घटना भएको बताइएको छ । उक्त गोली काण्ड भएपछि यहाँको प्रहरीलाई आकस्मिक फोन आएको प्रहरी अधिकारीले जनाएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech