‘अब अमेरिका र रुसका राष्ट्रपति नेपाल भ्रमणमा आउनुहुन्छ’

  |   प्रकाशित :

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको पनि दाबी गरेका छन् । 

उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुगेको पनि स्पष्ट पारे । उनले भने,‘सीको नेपाल भ्रमण ऐतिहासिक र उलब्धिमूलक भयो ।’ गौतमले निकट भविष्यमा रुस र अमेरिकाका राष्ट्रपति भ्लादिमिर पुटिन र डोनल्ड ट्रम्प पनि नेपाल भ्रमणमा आउने र आफूहरुले गृहकार्य गरिसकेको सुनाए । उनले भने,‘हामीले उहाँहरुको नेपाल भ्रमणको लागि गृहकार्य सुरु गर्यौं ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech