मृगौला तस्करीको आरोपमा अस्पतालका सिइओसहित पाँच पक्राउ

  |   प्रकाशित :

काठमाडौं । मिर्गौली तस्करी आरोपमा ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पक्राउ परेका छन् । ललितपुरको पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको मिर्गौला झिकेर अर्कैकोमा प्रत्यारोपण गरेको आरोप लागेको छ ।

मिर्गौला किनबेच गरी प्रत्यारोपण गराएको भन्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech