नेपाललाई ओखर बेचेर चीनले लग्यो १७ करोड

  |   प्रकाशित :

रसुवा । ओखर बेचेर चीनले नेपालबाट १७ करोड ६३ लाख रुपैयाँ लगेको छ । देशमै उत्पादन भएको ओखर बजारीकरण हुन नसक्दा चाडपर्वमा अत्याधिक माग हुँदा चीनियाँ ओखरले नेपाली बजार लगभग कब्जाजस्तै गरेको छ । 

रसुवागढी नाका हुँदै २०७४ साउनदेखि यही असोज २७ गतेसम्म १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मूल्य बराबरको ओखर आयात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

यो अवधिमा रसुवागढी भन्सार हुँदै चीनबाट नेपालमा ७ लाख ५० हजार ८ सय ६८ केजी ओखर आयात भएको तथ्यांकले देखाएको छ । आयातितमध्ये ७२.५२ प्रतिशत अर्थात ५ लाख ४४ हजार ५ सय ३६ केजी छोडाएको ओखर हो । 

यसैगरी, २ लाख ६ हजार ३ सय ३२ केजी नछोडाएको ओखर आयात भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech