फेरि सामुहिक बलात्कारः पाँच युवकले युवतीलाई बन्धक बनाएर बलात्कार

कान्तिपुरबाट प्रकाशित: २०७४-११-२९ गते | 1072 पटक हेरिएको
फेरि सामुहिक बलात्कारः पाँच युवकले युवतीलाई बन्धक बनाएर बलात्कार

राजविराज । सप्तरीको एटहरी विष्णुपुर गाउँपालिकामा ३१ वर्षीया महिलाको सामूहिक बलात्कार भएको घटनाको २४ घण्टा नबित्दै जिल्लामा अर्को सामूहिक बलात्कारको घटना भएको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिका ३ कचनदाहाकी १८ वर्षीया युवतीलाई आइतबार राति स्थानीय पाँच युवकले गहुँखेतमा लगेर बन्धक बनाइ चार घण्टा सम्म सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

घटनाका मुख्य २ आरोपीलाई प्रहरीले आइतबार राति नै नियन्त्रणमा लिएको छ । अन्य तीन जनाको खोजी भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

छिमेकी घरमा भइरहेको बिहे कार्यक्रममा आमासहितका परिवारका सदस्य गएका बेला बलात्कृत युवती औषधि किन्न घर नजिकैको पसलतर्फ गएका थिइन् । 

औषधि खरिद गरी फर्कने क्रममा स्थानीय दुई युवकले उनलाई बाटोबाटै मुख थुनेर नियन्त्रणमा लिँदै बस्ती नजिकैको गहुँ खेतमा लगेको पीडित युवतीकी आमाले बताइन् । गहुँ खेतमा लगेर दुबैजना युवकले छोरीलाई निवस्त्र गरी पालैपालो बलात्कार गरेको उनकी आमाले बताइन् ।

‘मलाई निवस्त्र पारी घरछेउकै २ जनाले पालैपालो बलात्कार गरे,’ पीडित युवतीले भने, ‘उनीहरूले बलात्कार गरिसकेपछि फोन गरेर थप ३ जना साथीलाई बोलाए, फोन गरी बोलाएर आएका तीन जनाले पनि मलाई बलात्कार गरे ।’ 

सुरुमा २ जनाले बलात्कार गरी फोन गरेर अन्यलाई बोलाउन खोज्दा आफूलाई उनीहरूले कुटपिट गरेको उनले बताए । ‘हल्ला गरे ज्यान मारिदिने भन्दै पछि आएका तीन जनाले पनि बलात्कार गरे,’ पीडित युवतीले भनिन् ।

राति ८ बजे औषधि किन्न गएकी ती युवतीलाई मध्यराति १२ बजेसम्म आरोपीहरूले बन्धक बनाएर गहुँ खेतमा बलात्कार गरेको प्रहरीको भनाइ छ । छिमेकीको घरमा बिहेको कार्यक्रममा गीत गाउँदै गरेकी युवतीकी आमालाई अन्य युवतीहरूले तिम्रो छोरीलाई उठाएर गहुँ खेततर्फ लगेको बताएपछि उनी छोरी खोज्न निस्कएकी थिइन् । 

खोज्दै जाने क्रममा गाउँकै विद्यालयको चौर नजिकैको गहु खेतमा पुगेर छोरीको नाम लिएर पटकपटक आवाज दिँदा छोरीले पनि आवाज दिएपछि आफू छोरी भएको स्थानमा पुगेको युवतीकी आमाले बताइन् ।

‘गहुखेतमा छोरी निबस्त्र थिइन्,’ आमाले भनिन्, ‘मेरो सातो गयो तर जसोतसो उठाएर घर ल्याई प्रहरीमा खवर गरें ।’ युवतीलाई बन्धक बनाई पाँच जनाले बलात्कार गरेको घटनाबारे जानकारी पाउनासाथ गएको प्रहरी टोलीले आरोपी पाँच जनामध्ये मुख्य आरोपी दुई जनालाई आइतबार राति नै नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिए । 

पक्राउ गरिएका दुबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । अन्य तीन जना आरोपीको खोजीका लागि प्रहरी टोली र सादापोसाकका प्रहरी परिचालन गरिएको उनले बताए ।

पीडित युवतीलाई आइतबार राति नै स्वास्थ्य परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएको छ । उनी स्वास्थ्य परीक्षणपश्चात सोमबार साझ घर फर्किएकी छन् । 

युवतीकी आमाका अनुसार युवतीको ढाडमा चोट लागेको छ ।
यसैबीच, सप्तरीको विष्णुपुर गाउँपालिका ७ की राम थरकी ३२ वर्षीय एक दलित महिलामाथि शनिबार राति आफनी सानी आमाको घरबाट माइती घर फर्किने क्रममा २ जनाको समूहले बलात्कार गरेको घटनाका आरोपीलाई पक्राउ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालित भएको छ । 

आरोपीको पहिचान भइसकेकाले चौतर्फी रूपमा प्रहरी परिचालित रहेकाले आरोपी छिटै कानुनी दायरामा ल्याउने जिल्ला प्रहरी प्रमुख एसपी सिंहले जानकारी दिए ।

यस्तै, जिल्लामा पछिल्लो समय बलात्कारका घटना दिनेपिच्छे हुन थालेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले लै‌गिक हिंसाविरुद्धको महिला सञ्जालसितको सान्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको एसपी सिंहले जानकारी दिए । 

इन्टरनेटमा बढदो पहुँच र मदिरा सेवन लगायतका कारणले पछिल्लो समय यौनजन्य हिंसा बढेको एसपी सिंहले बताए । उनले यस्ता प्रवृत्तिलाई रोक्न लैंगिक हिंसाविरुद्धको महिला सञ्जाल र स्थानीय जनप्रतिनिधिहरूसित मिलेर प्रहरीले तत्कालै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । (कान्तिपुर दैनिक)

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल
डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल

काठमाडौं । पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएको छ । क्यान्सरकै कारण उनको मिर्गौला फेल भएको चिकित्सकले बताएका छन् । पि..

ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी
ह्वात्तै बढ्यो नेपालमा चिनियाँ लगानी

काठमाडौं । पछिल्लो समय नेपालको उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा चिनियाँ लगानी आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी बढ्दै गएको छ । उद्योग विभागका अनुसार हालसम..

नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि
नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ । दुवै अध्..

पूर्वयुवराज पारस प्रहरीको फन्दामा....
पूर्वयुवराज पारस प्रहरीको फन्दामा....

काठमाडौं । घटना गत सोमबार (२८ जेठ)को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । ब..