जापानको निमन्त्रणामा भाग लिन राष्ट्रपति भण्डारी जादैँ

  |   प्रकाशित :

काठमाडौं । जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी जापान जाने भएकी छिन् ।

जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्र्तिक ३ गतेदेखि ५ गतेसम्म राष्ट्रपति भण्डारी जापानको औपचारिक भ्रमण गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्ने उल्लेख छ ।

राष्ट्रपति भण्डारी कात्र्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिने छिन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech