दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ

  |   प्रकाशित :

काठमाडौं । पाटेबाघको छालासहित २  जना काठमाण्डौ महानगरपालिका-२७ स्थित ज्याठाबाट पक्राउ परेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले धादिङ सिद्धलेख गाउँपालिका-४ घर भई काठमाण्डौ महानगरपालिका-१५ ठुलो भर्‍याङ बस्ने २३ वर्षीय शरण थापामगर र नुवाकोट सुर्यगढी गाउँपालिका-३ घर भई काठमाण्डौ नागार्जुन स्विचाटार बस्ने ४१ वर्षीय राम तामाङलाई पक्राउ गरेको हो ।

बिहीबार बा४२ प ९८६४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोराभित्र पाटे बाघको छाला बोकेर हिँडिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech