उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त

  |   प्रकाशित :

काठमाडौं । न्याय परिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गरेको छ ।

गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको आरोप लागेका शाहीलाई न्याय परिषद्‌ले न्यायीक विचनलनमा परेको ठहर गर्दै सेवाबाट बर्खास्त गर्न सिफारिस गरेपछि उनी कारबाहीमा परेका हुन्।

बिहीबार बसेको बैठकले यस्तो सिफारिस गरेको परिषद्‌का एक सदस्यले बताए । परिषद्‌‌को सिफारिसपछि प्रधानन्यायाधीशले उनलाई शुक्रबार बर्खास्त गरेका हुन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech