नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति

मूर्ति नेपाल म्यान्मार दिगो सम्बन्धको प्रतीक भएको स्पष्ट
  |   प्रकाशित :

म्यान्मार । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ ।

प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यमार्फत बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्त९म्यान्मार०को योगदान भुल्न नसकिने बताउँदै ती मूर्ति नेपाल म्यान्मार दिगो सम्बन्धको प्रतीक भएको स्पष्ट पारे । उनले साझा संस्कृति र दर्शन बोकेका नेपाल र म्यान्मारबीच सम्बन्ध अझ प्रगाढ हुने पनि बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech