हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

  |   प्रकाशित :

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् ।

त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन्यु जन्तु संरक्षण गरिएको छ र त्यहाँका क्षेत्रहरुमा पर्ने रेल ट्याकहरुमा हात्तीहरु आउनु सामान्य कुरा हो तर, प्रायः धेरै वन्यजन्तुलाई द्रुत गतिमा चल्ने लोकोमोटिभ रेलले चोट पुर्याउछन् ।

त्यस्तै वन्य जन्तुलाई क्षति नपुर्याउन रेल चालकले गरेको एउटा भिडियो भाइल भएको छ । चालकहरुले हात्तीलाई बचाउन गरेको कार्यले अनलाइन प्रशंसा कमाइरहेका छन् ।

उनले हात्तीलाई ट्याक पार गर्न लोकोमोटिभ रेल नै रोकेका हुन् । लोकोमोटिभ चालक उत्तम बरुआ र डीडी कुमारले अलीपुर डुवार–नयाँ जलपाईगुडी पैसेंजर ट्रेन चलाइरहेका बेला ट्याकमा आएको हात्तीलाई सुरक्षित ट्याक पार गर्न दिने निर्णय गरेका थिए । यसकारण चालकहरुले रेललाई केहि बेर सम्म रोके ।

बिहान नाग्राकोटा र चालसा जंक्शनको बीचमा भएको यो घटनालाई फ्रन्टियर रेलवेको अलीपुर डिवीजनद्वारा ट्वीटरमार्फत सार्वजनिक गरिएको थियो । यो भिडियोले वन्यजन्तुहरूको बसोबास सुरक्षित छ भन्ने देखाउँछ । सरकारद्धारा ती दुई चालकलाई सम्मान गर्ने निर्णय गरिएको जनाइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech