आजको मौसम: देशभर चीसो बढ्दै, वर्षाको सम्भावना

  |   प्रकाशित :

काठमाडौं । पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको छ । देशभर तापक्रम ओरालो लागिरहेको छ । कतिपय स्थानहरुमा आकाशमा बादल लागेकाले घाम मलिनो लागेको छ । 

हाल देशैभरि सामान्य देखि पूर्ण बदली रहेको छ । चीसो बढ्ने प्रकारको हल्का वर्षा पनि केही दिनयता भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि रहि देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भु-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक/दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech