राष्ट्रपति निर्वाचन चलिरहेकै समयमा एमालेले गर्यो यस्तो निर्णय

रासस प्रकाशित: २०७४-११-२९ गते | 10664 पटक हेरिएको
राष्ट्रपति निर्वाचन चलिरहेकै समयमा एमालेले गर्यो यस्तो निर्णय

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ । 

आयोगको आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको गलत कार्यउपर छानविन नगरी दण्डहीनता मौलाइरहेको बताएको हो । 

बैठकले पार्टीमा दण्डहीनता मौलाइरहेकाले वर्तमान स्थितिप्रति पार्टीको ध्यानाकर्षणसमेत गराएको आयोगका अध्यक्ष अमृतकुमार बोहराले जानकारी दिनुभयो । 

यस्तै, बैठकले पार्टीका कमिटीहरु प्रायः निष्क्रिय रहेको र लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकसमेत राम्ररी नभएको समेत जनाएको छ । 

बैठकपछि आयोगका अध्यक्ष अमृतकुमार बोहराले जारी गर्नुभएको विज्ञप्तिमा पार्टीको विधि, पद्धति र प्रणालीहरु क्रमशः कमजोर बन्दै गएको बताइएको छ । 

त्यसैगरी, तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलाप, घात–अन्तरघातजस्ता अवाञ्छित कार्यको यथासमयमा छानबिन भई कारवाही हुनुपर्नेमा अनेकौँ बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको अध्यक्ष बोहराले बताउनुभएको छ । 

यसैगरी, बैठकले सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटी तथा अखिल नेपाल महिला संगठन, युवा संघ नेपाल र अनेरास्ववियुजस्ता पार्टीका जनसंगठन उदासीन, निष्क्रिय र मुकदर्शक बनिरहेका भन्दै आयोगले कतै पार्टीपंक्तिहरु राजनीतिक र वैचारिक दृष्टिकोणबाट विमुख बन्दै गरेको संकेत त होइन भन्ने प्रश्न खडा भएको पनि जनाएको छ । 

केही समयदेखि देशका विभिन्न भागमा ‘बलात्कार’, ‘हत्या’ र ‘बोक्सी’ आरोपजस्ता जघन्य सामाजिक अपराधका घटना एकपछि अर्को गरी शृङ्खलाबद्ध बढिरहेकामा तीनलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान तदारुकतासाथ नगएकामा पनि बैठकले दुःख व्यक्त गरेको छ । 

यसैगरी, बैठकले आयोगको रिक्त सदस्यमा राजनारायण साहलाई मनोनयनसमेत गरेको छ ।

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


ओलीले अमेरिकामा उल्टो आइडी कार्ड भिरेपछि सन्नटा!
ओलीले अमेरिकामा उल्टो आइडी कार्ड भिरेपछि सन्नटा!

काठमाडौं । संयुक्त राष्ट्रको ७३औं महासभामा भाग लिन अमेरिका पुगेका नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीले उल्टो आइडी कार्ड भिरेपछि हंगामा मच्चिएको छ । अमेरिकामा विभिन्न पसलहरु..

कञ्चनपुर प्रकरणमा निलम्बित एसपी विष्ट जेल चलान हुन सक्ने, यस्तो छ उनको कर्तुत !
कञ्चनपुर प्रकरणमा निलम्बित एसपी विष्ट जेल चलान हुन सक्ने, यस्तो छ उनको कर्तुत !

काठमाडाैं । कञ्चनपुर प्रकरणमा निलम्बित एसपी डील्लीराज विष्टलाई नै दोषी रहेको पाइएको छ । विष्टको गम्भीर प्रकारको कैफियत देखिएकाले उनीमाथि गम्भिर छानवीनका साथै उनी कारवाहीका भाग..

नेपालपाना डटकममा २७ भदाैमा प्रकाशित समाचारप्रति प्रतिनिधिसभा सदस्य माननीय दिपक प्रकाश भट्टको खण्डन
नेपालपाना डटकममा २७ भदाैमा प्रकाशित समाचारप्रति प्रतिनिधिसभा सदस्य माननीय दिपक प्रकाश भट्टको खण्डन

काठमाडाैं । नेपालपाना डटकममा प्रकाशित समाचार 'कञ्चनपुर घटनामा प्रधानमन्त्रीलाई झुटो बोल्न लगाउने नेता यी हुन, माननीयको पोल यसरी खुल्यो!' शिर्षकको समाचार प्रति कञ्चनपुर..

के छ, ओली सरकारलाई बुझाइएको निर्मला पन्त हत्याको छानविन प्रतिवेदनमा? किन लुकाइयो प्रतिवेदनको चुरो कुरा?
के छ, ओली सरकारलाई बुझाइएको निर्मला पन्त हत्याको छानविन प्रतिवेदनमा? किन लुकाइयो प्रतिवेदनको चुरो कुरा?

काठमाडौं । गत साउन १० गते उखुबारीमा मृत फेला परेकी कन्चनपुरकी निर्मला पन्त हत्याको छानविन गर्न गठिन समितिले अनुसन्धानको प्रतिवेदन सरकारलाई बुझाएको छ । समितिले मंगलबार गृहमन्त्..