राष्ट्रपतिमा भण्डारीको पक्षमा मतदान गर्ने राप्रपाको निर्णय, बिबेकशील साझाले निकाल्यो यस्तो बिज्ञप्ति

रासस प्रकाशित: २०७४-११-२९ गते | 4309 पटक हेरिएको
राष्ट्रपतिमा भण्डारीको पक्षमा मतदान गर्ने राप्रपाको निर्णय, बिबेकशील साझाले निकाल्यो यस्तो बिज्ञप्ति

 


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । 

पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रिय हित तथा राष्ट्रिय एकताका लागि भण्डारीको पक्षमा पार्टीले मतदान गर्ने भनिएको छ । 

मुलुकको सामाजिक सद्भाव एवं प्रजातन्त्रको संरक्षण तथा संवद्र्धनमा राष्ट्रपतिबाट संयोजनकारी भूमिकाको पार्टीले अपेक्षा गरेको जनाइएको छ । 

उक्त पार्टीका तर्फबाट प्रतिनिधिसभामा एक तथा प्रदेशसभामा तीन गरी चारजना सदस्य मतदाता छन् । 

त्यस्तै, विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ । 

प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश पौड्यालले आज विज्ञप्ति जारी गरी पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । 

प्रदेश नं ३ प्रदेशसभामा पार्टीका तीनजना सदस्य समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको धारणा तय गर्न पार्टीले प्रदेशसभा संसदीय दल प्रदेश नं ३ लाई अधिकार प्रत्यायोजन गरेको थियो । संसदीय दलको सोमबार बसेको बैठकले दुवै निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो । 

पार्टी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिका पक्षमा रहेको छ । संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निष्पक्ष र दलीय आग्रहभन्दा माथि हुनु पर्नेमा कतिपय निर्णय पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको प्रष्टै देखिने गरेको वक्तव्यमा उल्लेख छ । 

प्रमुख दल र तिनका गठबन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यसभित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गर्ने परिपाटी विकसित भएको आरोप विवेकशीलको छ । 

अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारलाई हेर्दा जोसुकै विजयी भए पनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएको नेता पौडेलको भनाइ छ । 

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


सूचनामन्त्री गोकुल बास्कोटाको चर्चा कमाउने दाउ, १० लाख पोर्न साईटमध्ये ४५ मात्रै बन्द
सूचनामन्त्री गोकुल बास्कोटाको चर्चा कमाउने दाउ, १० लाख पोर्न साईटमध्ये ४५ मात्रै बन्द

काठमाडौं । सरकारले बलात्कार रोक्नका लागि नेपालमा यौनजन्य अश्लिल (पोर्न) साईटहरु बन्द गर्न निर्देशन दिएपनि पोर्न साइट भने बन्द हुन सकेका छैनन् । सुचना तथा प्रविधि मन्त्री गोकुल..

कम्युनिष्ट मन्त्री गोकर्ण विष्टको ठुलो चलखेल, जसका कारण रोकियो यति ठुलो काम
कम्युनिष्ट मन्त्री गोकर्ण विष्टको ठुलो चलखेल, जसका कारण रोकियो यति ठुलो काम

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट एकपछि अर्को कारणले चर्चामा आउने गरेका छन् । केही समय अघि एउटा अन्तर्राष्टियस्तरको बैठकमा अँग्रेजी पढ्न नजानेर..

कसले फैलायो महोत्तरीमा सन्त्रास? आर्मीले रित्तो झोला डिस्पोज गरेपछि.... 
कसले फैलायो महोत्तरीमा सन्त्रास? आर्मीले रित्तो झोला डिस्पोज गरेपछि.... 

काठमाडौं । महोत्तरीमा इटा हालेको एक झोला भेट्टिँदा स्थानीयमा सन्त्रास छाएको छ । महोत्तरी गाउँपालिकाको पुल नजिकै बेवारिसे आवस्थामा फेला परेको झोलामा बम रहेको आसंकामा केही समय स..

चीनका यी एजेन्टको साथ पाएका प्रचण्डले सरकार ढाल्ने चेतावनी दिएसंगै बुढीगण्डकी यसरी पुग्यो गेजुवाको हातमा !
चीनका यी एजेन्टको साथ पाएका प्रचण्डले सरकार ढाल्ने चेतावनी दिएसंगै बुढीगण्डकी यसरी पुग्यो गेजुवाको हातमा !

काठमाडाैं । राष्ट्रिय गाैरवका आयोजना नेपाल आफैले बनाउने भन्दै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले बुढिगण्डकी जलविद्युत परियोजना मन्त्रिपरिष..