‘लभर ब्वाई’ आयो बजारमा (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । गायक समिर लिम्बुको आवाजमा ‘लभर ब्वाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम र विछोडलाई गीतमा सर्वोकृष्ट रुपमा व्यक्त गर्न खोजिएको छ । जीवनमा आइपर्ने विभिन्न चोटबाट विचलित भएको कुरा आफनो आवाजमार्फत प्रेमीकालाई व्यक्त गरेका छन् । 

प्रेमीकाको सम्झनामा रातदिन बिताउने गरेको कुरा गीतमा समेटिएको छ । रमेश रसाइलीको शब्द तथा कमल रसाइलीको संगीत गीतमा रहेको छ ।गीतमा अजुन कुमार सुनारको छायाँकन, प्रेम कुमार थारुको सम्पादन तथा शिरिष थापाको भिडियो निर्देशन रहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech