‘दुईवटा मुटु एउटै भएको रात’ सार्वजनिक (भिडियोसहित)

  |   प्रकाशित :

काठमााडौं । युवा लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘दुईवटा मुटु एउटै भएको रात’ सार्वजनिक भएको छ । भिडियो गीतकार सुखकला राईको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गायक तथा संगीतकार कृष्णभक्त राईको स्वरमा ‘दुईवटा मुटु एउटै भएको रात’ बोलको आधुनिक गीतको म्युजिक भिडियोमा गायक स्वयंको संगीत छ रहेको छ । गीतकार तथा छायाँकार राज बान्तावाको छायाँकन तथा निर्देशन रहेको उक्त भिडियोमा अभिनेता थापासहित लक्ष्मी ल्वागुन र देवाहाङ राईले अभिनय गरेका छन् ।

भिडियोको सम्पादन शिरकुमार साम्पाङले गरेका छन् । भिडियोमा सुनसरी जिल्लाको धरान सेरोफेरोका सुन्दर दृश्य समेटिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech