गुडिरहेको रेलमा आगो लाग्दा ४६ पाकिस्तानीको मृत्यु 

  |   प्रकाशित :

काठमाडौं । पाकिस्तान रेल्वेको तेजगाम एक्सप्रेसमा आगो लाग्दा कम्तिमा ४६ यात्रुको जलेर मृत्यु भएको छ ।  कराचीबाट रावलपिण्डी जाँदै गरेको रेल लियाकतपुर पुगेपछि तीनवटा बगियामा आगो लागेको थियो । 

अहिलेसम्म ४६ जना यात्रुको मृत्यु भएको र ४२ जना यात्रु घाईते भएको स्थानीय प्रहरीले जानकारी दिएको छ । आगलागीमा घाइते भएकाहरुलाई स्थानीय बर्न सेन्टरमा लगिएको छ । 

लाहोरबाट यात्रा भरेका यात्रुहरुको साथमा खानेकुरा, सिलिण्डर र आगो बाल्ने चुल्हो रहेको बताईएको छ । सिन्डिर विस्फोट भई आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । 

आगलागी भएपछि अहिले पकस्तिान रेल्वेको १३४ ट्रेन सञ्चालनमा रोक लगाईएको छ । प्रधानमन्त्री इमरान खानले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको प्रभावकारी उपचार गर्न आदेश दिएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech