‘वैज्ञानिक शिक्षाको खाँचो छ, विद्यालयलाई क्रमशः नियमन गर्नुपर्छ’

  |   प्रकाशित :

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । 

उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले आझै पनि कैयौं बालबालिकाहरु शिक्षाको पहुँचबाट बाहिर रहेको बताए । सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन गर्नुपर्ने बताए । हुने खानेको लागि निजी र हुँदा खानेको लागि मात्र सामुदायिक विद्यालय भएको चर्चा गर्दै उनले शिक्षामा ठूलो खाडल रहेको उल्लेख गरे ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech