टी ट्वान्टी: इङ्ल्याण्डले न्युजिल्याण्डलाई सात विकेटले हरायो

  |   प्रकाशित :

काठमाडौं । न्युजिल्याण्ड भ्रमणमा रहेको इङ्ल्याण्डले घरेलु टोली विरुद्धको पहिलो टी ट्वान्टी खेलमा सात विकेटको जित हात पारेको छ । इङल्याण्डको जितमा जेम्स भिन्सले अर्धशतकीय पारी खेले ।

क्राइस्टचर्चमा शुक्रबार बिहान भएको खेलमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । न्युजिल्यान्डले ९३ रनमा चार विकेट गुमाएको थियो ।

जवाफमा इङल्याण्डले १८ ओभर तीन बलमा तीन विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्‍यो । जितपछि इङल्याण्डले पाँच खेलको श्रीङ्ख्लामा एक शून्यको अग्रता लिएको छ । दोस्रो टी ट्वान्टी आइतबार विलिङटनमा हुनेछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech