नेपाली सेनाले ल्यायो नयाँ विमान, यस विमानको योजना यस्तो छ:

  |   प्रकाशित :

काठमाडौं । नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरिएको नयाँ कार्गो (ट्रान्सपोर्ट) विमान काठमाडौं आईपुगेको छ । 

यो विमान सेनाले विभिन्न मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारका समयमा प्रयोग गर्नेछ । दुई वर्षअघि भएको सीएन २३५(२२० विमान खरिद सम्झौता अनुरुप विमान काठमाडौं आईपुगको सेनका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

करिब ३ अर्ब खर्चिएर किनिएको विमान यात्रु ओसार्न पनि प्रयोग गर्न सकिने खालको छ । यो विामनले ५१ जनासम्म यात्रु बोक्ने क्षमता राख्छ । यो विमान सैन्य तालिमहरुमा पनि उपयोग गर्ने योजना छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech