आन्दोलित मेडिकल विद्यार्थीको चेतावनी– निर्धारित परीक्षा तालिका नसारे बहिष्कार गर्ने 

  |   प्रकाशित :

काठमाडौ । अतिरिक्त शुल्क फिर्ताको मागसहित आन्दोलित चिकित्सा शिक्षाका विद्यार्थीले निर्धा्िरत परीक्षा तालिका नसारे बहिष्कार गर्ने चेतावनी दिएका छन् । त्रिविअन्तर्गतका कलेजमा अध्ययनरत उनीहरूले आन्दोलनका क्रममा पठनपाठन प्रभावित भएको भन्दै परीक्षा सार्नुपर्ने माग गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमले कात्तिक २० बाट पहिलो वर्ष र मंसिर पहिलो साताबाट दोस्रो वर्षको परीक्षा हुने तालिका सार्वजनिक गरेर परीक्षातालिका सार्वजनिक तयारी अघि बढाएको छ । विद्यार्थीले सबै विषयको परीक्षा सार्न माग गर्दै आइतबार आईओएम डिन कार्यालयमा प्रदर्शनसमेत गरेका छन् । कान्तिपुर दैनिकबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech