देउबा र ओली दुबै उही ड्याङका मूला !, ओली बने देउबाका अज्ञाकारी उत्तराधिकारी ! 

  |   प्रकाशित :

काठमाडौं । चर्चित लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले वर्तमान सरकारको कडा टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारले गरेको प्रदेश प्रमुखहरुको नियुक्तीबारे कडा टिप्पणी गरेका हुन् । 

संग्रौलाले आफ्नो ट्विटरमा ‘देउबाले जे बिगार गरे भनेर ओलीले प्रदेश प्रमुखहरूलाई घोर अपमानसाथ निकाला गरेका थिए, आफूले ठ्याक्कै त्यही गरे- देउबाले झैँ आफ्नै खल्तीका जनहरूलाई प्रदेश प्रमुख बनाए। देउबा र ओली दुबै उही ड्याङका मूला ! यो मामिलामा ओली बने देउबाका अज्ञाकारी उत्तराधिकारी ! जय नेपाल !’ लेखेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech