प्रदेश प्रमुखहरु परिवर्तन हुनु स्वाभाविक, सरकार उदार भएकाले दुई वर्ष काम गर्न दियो: प्रचण्ड

  |   प्रकाशित :

दाङ । मंगलबार बाँकेको नेपालगञ्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरु परिवर्तन हुनु स्वाभाविक भएको बताएका छन् । 

साथै उनले नयाँ प्रदेश प्रमुखहरुको नियुक्तिमा नेकपा नेता माधवकुमार नेपालले राखेको फरक मतलाई पनि ‘सामान्य’ भनेका छन् सरकार परिवर्तन भइसकेपछि प्रदेश प्रमुखहरु पनि परिवर्तन हुने सामान्य प्रचलन रहेको बताए ।

तीन वर्ष कार्यकाल बाँकी रहँदै प्रदेश प्रमुखहरु हटाएको भनेर कतिपयले सरकारको आलोचना गरिरहेका बेला प्रचण्डले भने नेकपा नेतृत्वको सरकार उदार भएकाले अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताए ।

प्रचण्डले भने, ‘कैयौं देशहरुमा त सरकार बदलिनेबित्तिकै प्रदेश प्रमुखहरुले मोरल्ली रिजाइन गर्दिने र सरकारलाई काम गर्न सजिलो पार्दिने प्रचलन पनि छ । तर, हाम्रो सरकार अलि उदार भएको हुनाले, अलि धेरै नै लचिलो र जिम्मेवार भएको हुनाले दुई वर्षसम्म उहाँहरुलाई काम गर्न दियो । र, अहिले सरकारले अब फेर्न उचित हुन्छ भन्ठान्यो ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech