ड्रग माफियाको हमलामा ६ बच्चासहित ९ जनाको मृत्यु

  |   प्रकाशित :

एजेन्सी । उत्तरी मेक्सिकोमा संदिग्ध ड्रग माफियाको हमलामा ६ बच्चासहित ९ अमेरिकी नागरिकको मृत्यु भएको छ ।

उत्तर मेक्सिकोको सिनोरा राज्यमा दुई ड्रग माफियाबीच लडाईं छ । एउटा ‘खुआरेज’ ड्रग माफियासँग जोडिएको ला लिनिआ र सिनालोआ गिरोहका सदस्य ‘लोस चापोस’ बीच लडाईंको स्थिती छ ।

न्यूयोर्क टाइम्ससँगको कुराकानीमा मारिने दुई बच्चाको उमेर एक वर्ष पनि कम भएको आफन्तले बताएका छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीटमा भने, ‘मेक्सिकोले अमेरिकाको मद्दतले ड्रग माफियामाथि कारवाही गरे धर्तीबाट उनीहरुको नाम निशान मेट्ने बेला आएको छ । हामी बस् नयाँ राष्ट्रपतिको एक फोनको प्रतिक्षा गरिरहेका  छौं ।’

श्रङ्खलाबद्ध पोस्टमा उनले लेखे, ‘अमेरिका ड्रग माफियाको हिंसाको समस्यासँग लड्न सहयोग गर्न तयार छ । ’ ट्रम्पले यो काम चाँडै नै गर्नुपर्ने बताएका छन् । यस्तै, मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले मेक्सिकोले हमलाका लागि जिम्मेवार अपराधीलाई पक्राउ गर्नका लागि स्वतन्त्र तरिकाले कदम उठाउने बताएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech