महराले नेतृत्वलाई ढाँटेर गल्ती गरे, महराबाट नैतिक कमजोरी भएको छ: प्रचण्ड

  |   प्रकाशित :

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख कृष्णबहादुर महराले नेतृत्वलाई नै ढाँटेर गल्भीर गल्ती गरेको बताएका छन् । उनले महराबाट नैतिक कमजोरी भएको बताएका हुन् । 

बुधबार दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले नारायणकाजी श्रेष्ठ जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो । म आफैं जाँदा पनि ढाट्नुभयो । नेतृत्वलाई नै ढाँटेर गल्भीर गल्ती गर्नुभयो ।’

महराको गल्ती नैतिक भएको भन्दै उनले यस्तो विषयमा मुख्य नेताहरुले विवाद गर्न नहुने बताए । संसद सचिवालयकै एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech