नेपालका महत्वपूर्ण स्थानलाई भारतको नक्सामा राखिएकोमा नेबि संघ आक्रोसित

  |   प्रकाशित :

काठमाडौं । नेपालका नालापानी र लिपु लेक जस्ता महत्वपूर्ण स्थानलाइ भारत सरकारले आफ्नो नक्सा राखेकोमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ आन्दोलित बनेको छ ।

नेपाल विद्यार्थी संघ आरआर इकाईले त्यसका बिरुद्ध बुधवार आर आर क्याम्पसमा बिरोध कार्यक्रम पनि गरेको छ । बिरोध कार्यक्रमलाई नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष सागर परियार, नेपाल विद्यार्थी संघ आरारका इकाई अध्यक्ष सन्जीव ढकाल संघका सचीव अनुराग शाह लगायका नेताहरूले सम्बोधन गरेका थिए ।

बिरोध कार्यक्रमलाई सम्बोधन गर्ने सबैले नेपाल सरकारले यो कदमको बारेमा आफ्नो धारणा किन सार्वजनिक नगरेको भन्दै आक्रोशित बनेका थिए । भारत सरकारको यो रबैयाका विरुद्ध नेपाल सरकार मौन भए आन्दोलन चर्काउने नेपाल विद्यार्थी संघका आरआर इकाईका सचीव अनुराग शाहले जानकारी दिए । उनले आन्दोलनलाई खेलाची सोचे सरकारले त्यसको परिणाम नराम्रो हुने बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech