उपनिर्वाचन : प्रतिनिधीसभा र प्रदेशसभाको उम्मेदवार मनोनय आज, यी कागजात आवश्यक

  |   प्रकाशित :

काठमाडौं । रिक्त रहेका प्रतिनीधिसभा र प्रदेशसभा सदस्य उपचुनावका लागि आज निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गराउन लागेको छ ।

मंसिर १४ गते विभिन्न तहमा रिक्त रहेका ५२ पदका लागि मतदान तोकिएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराईसक्नुपर्नेछ । 

उम्मेदवारी दिएकाहरुमाथि दाबीविरोध, उम्मेदवारी फिर्तालगायत प्रकृया पूरा गरी आयोगले आउँदो आइतबार अन्तिम नामावली प्रकाशन गर्नेछ । स्थानीयतह अन्तर्गत पालिकाहरुमा उम्मेदवारी दिने उम्मेदवारको मनोनयनपत्र दर्ता आउँदो बुधबार हुनेछ ।

मंसिर १४ गते प्रतिनिधिसभाका एक जना सहित तीनजना प्रदेशसभा सदस्य र पालिकाका चारजना प्रमुख, एक जना उपाध्यक्ष र ४३ जना वडाअध्यक्ष गरी ३७ जिल्लाका ५२ ठाउँमा मंसिर १४ गते मतदान हुँदैछ । 

उपचुनावका लागि २४७ वटा मतदान स्थल र ५३७ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । ४ लाख ५४ हजार ११४ जना मतदाताले उपचुनावमा भाग लिनेछन् । 

आयोगले गएको ८ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।


मनोनयन दर्ता गर्न आवश्यक कागजातहरू :

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्रको प्रतिलिपि ।

२. अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।

३. राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र ९राजनीतिक दलको उम्मेदवारको हकमा० ।

४. प्रतिनिधि सभा सदस्यको लागि १० हजार रुपैयाँ र प्रदेश सभा सदस्यको लागि पाँच हजार रुपैयाँ धरौटी ।

५. मतदाता नम्बर

६. सम्पत्ति विवरण

(क) घर सङ्ख्या

(ख) घर रहेको स्थान

(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिकारनगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल)

७. प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा ।

स्थानीय तहका उम्मेदवारलाई चाहिने कागजात

१.नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

२. सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ९वडा अध्यक्ष पदको लागि० ।

३. सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ९अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि० ।

४. राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र ९राजनीतिक दलको उम्मेदवारको हकमा० ।

५. स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि एक हजार पाँच सय र वडा अध्यक्ष पदको लागि एक हजार रुपैयाँ धरौटी ।

६. मतदाता नम्बर

७. सम्पत्ति विवरण

(क) घर संख्या

(ख) घर रहेको स्थान

(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिकारनगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल)

८. अध्यक्षरउपाध्यक्षरप्रमुखरउपप्रमुखरवडाध्यक्षको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech