इरान गयो शक्तिशाली भुकम्प, ५ जनाको मृत्यु, सयौँ घाइते

  |   प्रकाशित :

इरान  । इरानमा ५.९ म्याग्नेच्युडको भूकम्प जादाँ ५ जनाको मृत्यु गएको छ भने १२० जना घाइते भएका छन्।

शुक्रबार बिहान साढे २ बजे पूर्वी इरानको अजरबैजन प्रदेशस्थित हस्ट्रुड शहरबाट ६० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले थुप्रै घर भत्केका छन् भने घरपालुवा जनावर पुरिएका छन्।

इरानको विपद् व्यवस्थापन विभागले उद्धार गर्न आठ वटा टोली खटाइसकेको जनाएको छ। ठूलो झड्कापछि पनि ४६ पटक परकम्प आएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech