दक्षिण कोरिया आएका उत्तर कोरियाली अपराधीलाई फर्काइयो 

  |   प्रकाशित :

काठमाडौं । दक्षिण कोरियाले दुई उत्तर कोरियाली माझीलाई फिर्ता पठाइदिएको छ। १६ जना सहकर्मीको हत्या गरेर आएका उत्तर कोरियाली माझीलाई फिर्ता पठाइदिएको हो । 

उनीहरूलाई बिहीबार उत्तर दक्षिणको सीमामा पुगेर दक्षिणका अधिकारीहरूले उत्तर कोरियाको जिम्मा लगाएका हुन्। उत्तरबाट भागेर आउनेलाई प्रायः फिर्ता गरिँदैनथ्यो। गत शनिबार पूर्वी क्षेत्रको समुद्रबाट पक्राउ परेका दुई जना २० वर्षका ती माझीलाई भने जघन्य अपराध गरेको भनेर दक्षिणले फिर्ता पठाएको हो।

ती दुई युवाले सँगै माछा मार्ने डुंगाका क्याप्टेन र १५ सहकर्मीको हत्या गरेका थिए। गाली गरेको भन्दै पहिला उनीहरूले क्याप्टेनलाई मारेका थिए। अरू माझीले त्यसको विरोध गरेपछि उनीहरूले बाँकीलाई मारिदिए। सहकर्मीको हत्या गरेपछि बाँचेका तीन जना उत्तर कोरिया गए। तीमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेपछि बाँकी दुई जना दक्षिण कोरिया भागेका थिए।

धेरै उत्तर कोरियालीहरू उत्तरको दुःखबाट मुक्त हुन भागेर दक्षिण कोरिया आउने गर्छन्। भाषा र संस्कृति मिल्ने भए पनि दक्षिणले भागेर आएकालाई त्यत्तिकै स्वीकार्दैन। उनीहरूलाई पहिला रिइडुकेशन कक्षामा राखेर प्रशिक्षण दिइन्छ। उत्तर र दक्षिण कोरियाबीच अपराधी आदान–प्रदान गर्ने सुपुर्दगी सन्धी छैन।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech