देउवासँग भारत असन्तुष्ट, किन ?

कालापानी र लिपुलेकको विषयमा शेरबहादुर देउवा बोल्दाँ भारत असन्तुष्ट
  |   प्रकाशित :

काठमाडौं । भारत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट भएको छ । 

भारतले हालै सार्वजनिक गरेको नक्शाका विषयमा उनले भारतीय राजदूत मंजिब सिंह पुरीसँग टेलिफोन वार्ता गरेको विषय प्रेस वक्तव्यका रुपमा उल्लेख गरेपछि भारत असन्तुष्ट भएको हो ।

विदेशी राजदूतसँगको अनौपचारिक टेलिफोन वार्तालाई पार्टी प्रवक्ताले प्रेस वक्तव्यमा उल्लेख गरेपछि भारतीय पक्षले असन्तुष्टि जाहेर गरेको विश्वस्त स्रोतले बताएको छ । देउवाले टेलिफोन वार्तामा कालापानी र लिपुलेकको विषयमा भन्दा पनि समग्र सीमा समस्याका बारेमा चासो व्यक्त गरेको बुझिएको छ ।

२१ कार्तिकमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको हस्ताक्षरमा कालापानी र लिपुलेकका सन्दर्भमा शिर्षकमा विज्ञप्ति जारी भएको थियो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech