नेपाली राष्ट्रिय महिला क्रिकेट टोली चीनतर्फ प्रस्थान

  |   प्रकाशित :

काठमाडौं । बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न १९ वर्षमुनि (यु-१९) नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज चीनतर्फ प्रस्थान गरेको छ ।

चीनको सङ्घाइमा आयोजना हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय खेलाडीसहितको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घका सचिव अशोकनाथ प्याकुरेल, आइसीसीका नेपाल प्रतिनिधि रौनक मल्ललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे । 

यही कात्तिक २५ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, साउदी अरेबिया, आयोजक चीन र म्यानमार सहभागी छन् । प्रतियोगितामा नेपालले यही कात्तिक २५ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech