सरकारी मोटरसाइकलमा लागूऔषध तस्करी गर्ने समातिए, को हुन् ती महानुभाव ?

  |   प्रकाशित :

विराटनगर । प्रहरीले सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागूऔषध तस्करी गर्ने सप्तरी राजविराज २ का राजदेव टोलका २६ वर्षीय कपिल यादवलाई पक्राउ गरेका छन् ।

सरकारी सेतो नम्बर प्लेटको स १ ब १४१० नम्बरको मोटरसाइकलमा भारतीय बजार जोगवनीबाट लागूऔषध लिएर आउँदै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । यादवका बुबा सत्यनारायण वन डिभिजन कार्यालय उदयपुरका अधिकृत हुन् ।

बुबाले प्रयोग गर्दै आएको मोटसराइकल लिएर जोगवनी आएका यादवले कम्मरमा बाधेर डाइजेल्याब ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २४ एम्पुल लागूऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको डीएसपी श्रेष्ठले बताए । यादवमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार म्याद थप गरी अनुसन्धान सुरु गरिएको श्रेष्ठले बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech