अनसन बसेका गोविन्द केसी अस्पताल भर्ना 

  |   प्रकाशित :

डडेल्धुुरा । डडेल्धुरा पुगि १७औं चरणको अनशन शुरु गरेका डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् । 

सोमबारदेखि अनशन शुरु गरेका केसीकोे स्वास्थ्य अवस्था बिग्रिएको भन्दै उनलाई अस्पताल पु-याईएको हो । चिकित्सा शिक्षा सुधारका लागि भन्दै डा. केसी बारम्बार अनशन बस्दै आएका छन् । 

अनशनरत डाक्टर केसीको रक्तचाप तलमाथि भइरहेकाले उनकै सहमतिमा अस्पतालमा भर्ना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेलले जानकारी दिए ।

प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रशासनको रोहबरमा डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको डाक्टर कँडेलले बताए । चिसोका कारण डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डाक्ट केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए।

सात बुँदे माग राखी डाक्टर केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech