सर्वसाधारण ठग्ने रुप ज्योति समात्दा लगानी वातावरण बिग्रिएको व्यापारीको दाबी

  |   प्रकाशित :

काठमाडौं । हाउजिङ्गको घर दिने भन्दै सर्वसाधारणबाट २ करोड ७० लाख रुपैयाँ ठगी गरेका रूप ज्योतीलाई पक्राउ गरेपछि व्यापारीहरुले फेरि आफ्नो असली 'रुप' देखाएका छन् । 

सरकारले नियमन गर्न खोज्दा, ठग्न नपाउँदा या मनलाग्दी गर्न नसक्दा व्यापारीहरुले लगानीमैत्री वातावरण नभएको भन्दै मुलुककै प्रतिष्ठाविरुद्ध दुष्प्रचार गर्ने गरेका छन् ।

यो पटक पनि ठगी गर्ने व्यापारी रुप ज्योतिलाई समात्दा व्यापारीहरुकोे एउटा समूह नेपाल चेम्बर अफ कमर्शले लगानीमैत्री वातावरणमा असर गर्ने बताउन भ्याईसकेको छ । चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयले यस्तो विज्ञप्ति जारी गरेका हुन् । 

अपराध प्रमाणित नभई उजुरीको भरमा ज्योतिलाई पक्राउ गरिएको र कानून परिपालनाका क्रममा व्यवसायीको सम्मान हुनुपर्ने पनि चेम्बरले तर्क गरेको छ ।  

घरजग्गा व्यवसायमा ठगी गरेका ज्योतिलाई बिहिबार प्रहरीले छोरी सुरुची ज्योतिसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनकी छोरीलाई पनि तीन दिन थुनामा राखि अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech