सीमा विवाद र भारतसँगकोे सम्बन्धबारे छलफल गर्न आज सर्वपक्षीय बैठक बस्दै

कूटनीतिक तवरबाटै सिमा विवाद हल गर्ने प्रधानमन्त्रीको योजना
  |   प्रकाशित :

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग समेत समेटेपछि बढ्दै गएको नागरिक आक्रोशका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) सर्वपक्षीय बैठक बोलाएका छन् । 

नेपाल–भारत सिमा विवाद र भारतसँगको सम्बन्धबारे समेत आजको बैठकमा छलफल हुँदैछ । दिउँसो बस्न लागेको सर्वपक्षीय बैठकमा पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्री, सीमाविद, परराष्ट्रविद तथा विभिन्न राजनीतिक दलका नेताहरु सहभागी हुनेछन् । 

प्रधानमन्त्रीको सचिवालयस्रोतका अनुसार प्रधानमन्त्री ओली नापी विभागले प्रस्तुत गर्ने नक्सा तथा अरु तथ्य प्रमाणका आधारमा छलफल गर्ने र सुझावसहितको निष्कर्षका आधारमा भारतसँग कुरा गर्ने मनस्थितीमा देखिएका छन् ।


यो पनि पढ्नुहोस : सत्तारुढ नेकपाकै नेताले भने–"कालापानीका लागि विद्यार्थीले भारतको विरोध गर्नु गलत हो"


पछिल्लो सिमा विवाद समाधान गर्न भारतसँग कूटनीतिक माध्यम अपनाई वार्ता गर्ने र समस्या समाधान गर्नेबारे प्रधानमन्त्रीले सर्वपक्षीय बैठकमा छलफल गर्न लागेका हुन् । 

भारतले पछिल्लो पटक सार्वजनिक गरेको नक्सामा नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेपछि नागरिकस्तरबाट भारतको चर्को विरोध भैरहेको छ ।

नेपाली भूमि फिर्ताका लागि तत्काल पहल गर्न सत्तारुढ नेकपाकै नेताहरुसहित प्रमुख विपक्षी कांग्रेस लगायतका दल र विद्यार्थी संगठनहरुले दबाब दिइरहेका छन् । तर अहिलेसम्म दलका प्रमुख नेताहरु सिमा मिचिँदापनि मौन बसिरहेका छन् । 

तर, सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले प्रकाशित गरेको नक्सा अस्वीकार्य भएको तथा एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने जनाईसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech