टुँडिखेललाई आज मानव साङ्लो बनाएर घेरिने 

  |   प्रकाशित :

तस्बीर : नेपाल फोटो हिस्ट्री प्रोजेक्ट (पीस कर्प)

काठमाडौं । अतिक्रमण बढ्दै गएपछि काठमाडौंको केन्द्रमा अवस्थित खुला स्थान टुँडिखेललाई आज मानव साङ्लो बनाएर घेर्न लागिएको छ  अकुपाई टुँडिखेल नामक  नागरिक अभियानअन्तर्गत शनिबार बिहानैदेखि टुँडिखेल घेर्न लागिएको हो । 

विश्व स्वतन्त्रता दिवस अर्थात आजदेखि तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने योजना रहेको अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिए । 

कुनै समय एसियाकै ठूलो सैनिक परेड मैदानका रुपमा रहेको टुँडिखेलमा व्यापक अतिक्रमण भईसकेको छ । अहिले सानो हिस्सा मात्रै सर्वसाधारणको पहुँचमा छ भने बाँकी स्थान विभिन्न बहानामा अतिक्रमण गरिएको छ । 

बसपार्क, पार्किङ्ग स्थल, निर्माण सामग्रीको गोदाम आदी राखेर यो सार्वजनिक सम्पदालाई दोहन गर्ने क्रम बढिरहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech