मानव बेचबिखनमा संलग्न महिला पक्राउ, ४ जना युवतीको उद्धार

  |   प्रकाशित :

धनगढी । मानव बेचबिखनमा संलग्न एक महिलालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका २ बस्ने ९ वर्षीया सपना प्रजापती छिन् ।

रोजगारी दिलाइदिने भन्दै चार जना युवतीलाई भारतको नयाँदिल्ली लैजाँदै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले बताए । उद्धार गरिएका युवतीहरु नुवाकोट, काठमाडौं, सिन्धुपाल्चोकका छन् ।

प्रहरीले चारैजना युवतीलाई शान्ति पुनःस्थापना गृह धनगढीमा राखेको छ । रोजगारीको बहानामा ती युवतीहरुलाई भारतमा बेच्न लैजान खोजिएको प्रहरीको प्रारम्भिक अनुमान छ । पक्राउ परेकी प्रजापतीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech