रामको जन्मभूमि अयोध्याको विवादित जग्गा हिन्दुको

  |   प्रकाशित :

काठमाडौं । भारतको सर्वोच्च अदालते रामको जन्मभूमि अयोध्याको विवादित जग्गासम्बन्धी मुद्दामा हिन्दुहरूको पक्षमा फैसला सुनाएको छ । हिन्दु र मुस्लिम समुदायले अयोध्याको विवादित जग्गामा आ(आफ्नो दाबी गर्दै आएका थिए । 

विवादित जग्गा रामको मन्दिरको कि बाबरी मस्जिदको भन्ने विवाद थियो । शनिबार न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चबाट अयोध्याको भूमि राम मन्दिरकै रहने फैसला सर्वसम्मतीले सुनाएको हो ।

शनिबार सर्वोच्च अदालतले अन्तिम फैसला सुनाउनु अघिदेखि नै उत्तर प्रदेश, कर्नाटक, मध्य प्रदेश, दिल्ली र राजस्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।मस्जिद बनाउनका लागि पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउनुपर्ने फैसला पनि अदालतले सुनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech