आफ्नै नातिले चलाएको जीपको ठक्करबाट हजुरबाको मृत्यु

  |   प्रकाशित :

गुल्मी । धुर्कोट गाउँपालिका वडा न। २ पिपलधारामा आफ्नै नातिले चलाएको जीपको ठक्करबाट ७३ बर्षिया हजुरबुबा कृष्ण बहादुर घर्तीको ज्यान गएको छ । 

उनका नाती २० बर्षिया विजय घर्तीले चलाएको लु १ ज १७१२ नम्बरको जीपले ठक्कर दिदाँ आफ्नै घरअगाडी बुधबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर राज कुमार रावलले जानकारी दिए । चालक विजयलाई प्रहरीले नियन्णमा लिएको छ । उनलाई सवारी दुर्घटना अन्तरगत मुद्धा चलाई कारवाही हुने रावलले जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech